राजनीति

विप्लवका नगर इञ्चार्ज पक्राउ

डडेल्धुरा– प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका नगर इञ्चार्जलाई पक्राउ गरेको छ। भित्रि मधेस जोगबुढाबाट बुधबार प्रहरीले विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका परशुराम नगर इञ्चार्ज पक्राउ गरेको हो। 

जोगुढाको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन नेपालीलाई प्ररीले पक्राउ गरेको प्रहरीले जनायो। पक्राउ परेका नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य हुन्।

बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। बिहान पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ।

उनीमाथि कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

प्रकाशित: १८ भाद्र २०७६ ०९:३२ बुधबार

विप्लव_समूह इञ्चार्ज पक्राउ