राजनीति

मुख्यमन्त्री भट्टले दिए,अटवारी पर्वको शुभकामना

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अटवारी पर्वका अवसरमा थारु समाजमा मनाइने पर्वहरुले सामाजिक एकता, भ्रातृत्व र शान्तिको सन्देश दिन प्रेरणा मिलोस् भनी शुभकामना दिएको छ।

मुख्यमन्त्री भट्टले थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको मौलिकताको पर्व भन्दै यो पर्वले थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासी,दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति र समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेको छ। साथै अटवारी पर्वका अवसरमा आज सुदूरपश्चिममा प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।

थारू समुदायले मनाउने माघीपछिको दोस्रो ठूलो पर्व अटवारी परेकाले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेशमा बसोवास गर्ने बिभिन्न समुदायले समय समयमा मनाउने गरेका चाडपर्वका लागि प्रदेश सरकारले बिदा दिँदै आएको छ। रासस

प्रकाशित: १५ भाद्र २०७६ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App