राजनीति

मनोमानी ढंगले पार्टी चलाउन सकिँदैनः नेता पौडेल

आइतबार नेपाली कांग्रेस पार्टी कार्यालय डडेल्धुरामा नेता कार्यकता भेटघाटका त्रममा नेता प्रदिप पौडेल । तस्बिर/नागरिक

डडेल्धुरा– नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता प्रदीप पौडेलले मनोमानी ढंगले पार्टी चलाउन नसकिने बताएका छन्।  डडेल्धुरा पुगेका नेता पौडेलले आइतबार बिहान पार्टी कार्यालय डडेल्धुरामा नेता कार्यकर्ता भेटघाटका क्रममा मनोमानी ढंगले पार्टी चलाउन नसकिने बताउदै त्यो नमिल्ने बताएका हुन्।

विधिले पार्टी चलाउनु पर्ने बताउँदै उनले आफुहरुले पनि विधिवत रुपमा चल्ने अभ्यासमा पोख्त हुनु पर्नेपर्छ। नेता पौडेलले भने, ‘पार्टीको नेतृत्वले केन्द्रिय समितीले अथावा जुनसुकै संरचनाले पनि आफु लाई बिधिवत रुपमा अगाडी लैजान सक्नु पर्छ। कांग्रेसमा नेतृत्वले आफ्ना अनुकुल ग¥यो भने त्यो जति विधि विपरित भए पनि मान्दिने। आफ्ना अनुकुल नहुन्दा मात्रै बल्ल विधिको कुरा गर्ने’ नेता पौडेलले भने, त्यो हाम्रो तलका साथीहरुको अथवा कार्यकर्ताको पनि कमजोरी हो। आफ्नो अनुकुल भए पनि विधि विपरित छ भने त्यो कुरा मान्य हुनु हुदैन्। विधिले जित्ने वा हार्ने। विधि सम्वत हार्न तयार हुनुपर्छ। विधि विपरित जित्न तयार हुनु हुँदैन।’

नेपाली कांग्रेसमा करेक्सन गर्नु विषय यहि भएको उनले बताए। विधि विपरित जित्न तयार भयौ’ उनले भने, ‘विधि सम्वत हार्न तयार भएनौ। यो प्रवृती हामिले तलदेखि करेक्सन गर्नुपर्छ र नेतृत्वले ग¥यो यो ठुलो मान्छे हो। हाम्रो पार्टीको यो पदको मान्छे हो भनेर नेतृत्वले विधि विपरित गरेको कामलाई स्वीकार गर्नु नहुने उनले बताए । त्यो खालको परिस्थिति हुन नहुने बताउँदै उनले नेतृत्वले नै विधि विपरित काम ग¥यो भने पनि त्यसको प्रश्न उठाउन सक्नुपर्ने जनाए । त्यो आठ सबैमा हुनुपर्ने उनको भनाई छ।

हाम्रो एउटा मनोविज्ञान नै बदल्न जरुरी रहेको छ। नेता पौडेलले भने, ‘यस पटकको चुनावमा कतिले सिफारिस नभईकन टिकट पाउनु भयो। सिफारिसबिनै टिकट दिने व्यवस्था विधानमै छैन्। त्यसैले सहमती विधानभित्र हुनपर्ने उनले बताए।कांग्रेस पार्टी हिजोको अवस्थाबाट चल्न नसक्ने बताउँदै उनले चेतमा भएको विकास भन्दा अगाडी हुनुपर्ने औल्याए। फरक खालेको नेतृत्व आवश्यक भए त्यो अनुसार आफु तयार हुन उनले नेता कार्यकर्ता लाई आग्रह समेत गरे।

प्रकाशित: १५ भाद्र २०७६ ०७:४० आइतबार

नेपाली_कांग्रेस प्रदीप_पाैडेल विवाद