राजनीति

'संविधान अनुकुल ऐन बन्न सकेन'

फाइल फोटो

काठमाडौँ–राष्ट्रियसभाका सदस्य दिननाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताए। रिपोटर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उनले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राखे 

यस्तै नेपाली कौग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हुदैमा सङ्घीयता र संविधान नै खराब हो भन्दै हिड्नु दरिद्र चिन्तन भएको बताए। उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सरकार चुकेको दाबी गर्दै वाइडवडीमा कांग्रेसका नेता दोषी छन् भने कारवाही गर्न सरकारलाई चुनौती समेत दिए। साथै राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान संविधान संशोधनमा सरकारले ध्यान नदिएको आरोप लगाएको छ। रासस

 

प्रकाशित: १४ भाद्र २०७६ ०९:४९ शनिबार

राष्ट्रियसभा ऐन कारवाही