राजनीति

नेपाली कामदार ठगीमा मलेसियामा उपप्रधानमन्त्री माथि छानबिन हुने, हाम्रोमा अनुसन्धान नै नहुने?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले नेपाली कामदार ठग्ने उच्च पदस्थ कर्मचारी र तिनलाई संरक्षण गर्ने राजनीतिक पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्। 

मलेसियन पत्रिकामा नेपालमा उन्मुक्ति भनेर समाचार टिप्पणी प्रकाशित भएको भन्दै उनले यसले नेपालको बारेमा नकारात्मक धारणा बन्नेतर्फ सरकारलाई सचेत गराए। 

‘सरकारका उच्च पदाधिकारी संलग्न र मलेसियन सरकारका उच्च पदाधिकारीसँग मिलेर गरिएको यो सिण्डिकेट प्रणाली अन्तर्गत अनाधिकृत रुपमा उठाइएको प्रसंगमा नेपाल कुनैपनि खालको अनुसन्धान किन नभएको?’ सांसद सिलवालले भने। 

‘मलेसियामा त्यति ठूला राजनीतिक नेतृत्वलाई भ्रष्टाचारमा कारवाही गर्दा नेपालमा सोधखोज नहुने, अनुसन्धानको दायरामा नल्याउने स्थितीले ‘स्टेट अफ इम्प्युनिटी’ छैन भनेर नेपालको प्रतिष्ठामाथि आगाध पुगेको अवस्था छ’, उनले चिन्ता व्यक्त गरे। यसमा संलग्न उच्च पदस्थ अधिकारीहरु र तिनलाई संरक्षण गर्ने राजनीतिक पदाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन उनले माग गरे।

तर मलेसियाका गृहमन्त्रीले भने केही समय अघि हमिदीको कार्यकालमा लागु भएको भिएलएन प्रणालीको विकल्प नभएको भन्दै हाललाई यही प्रणाली यथावत रहने बताएका थिए। 

प्रकाशित: १२ भाद्र २०७६ १०:४६ बिहीबार

मलेसिया नेपाली_कामदार ठगी अनुसन्धान