राजनीति

सिंगापुरदेखि काठमाडौं भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

काठमाडौं- उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक राखेका छन्। भिडियो कन्फ्रेन्सबाट पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।

कार्यविधि संशोधन गरेर भिडियो कन्फ्रेन्समार्फत बैठक बोलाउन सक्ने प्रावधान राखिएको थियो।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले 'सिंगापुरदेखि काठमाडौं: पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बसेको ट्विट गर्दै जानकारी दिएका छन्।

प्रकाशित: ९ भाद्र २०७६ ०८:२२ सोमबार

मन्त्रिपरिषद बैठक