राजनीति

ओलीलाई जयशंकरले सुनाए मोदीले पठाएको इपिजी प्रतिवेदनको सन्देश

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीयका विदेशमन्त्री शुब्रमन्यम जयशंकरले शिष्टाचार भेट गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गरेका हुन्।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराइका अनुसार भेटमा भारतीय विदेशमन्त्री जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाएका थिए। मोदीले पठाएको सन्देशसँगै प्रबुद्ध समुह (इपिजी)को प्रतिवेदनलाई उपयुक्त समयमा बुझ्ने जानकारी गराएको पनि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भट्टराईले जानकारी दिए।

भेटमा दुवै तर्फ स्थानीय सरकार रहेको र राजनीतिले पनि स्थायीत्व प्राप्त गरेकाले दुई देशबीचका नीतिगत स्थायीत्वलाई पनि अगाडि बढाएर लैजानुपर्ने विषयमा अत्यन्तै राम्रो  छलफल भएको भट्टराईले बताए।

भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको पाचांै बैठकमा सहभागी हुन भारतीय पक्षको नेतृत्व गर्दै बुधबार दिउँसो काठमाडौं आएका थिए।

प्रकाशित: ४ भाद्र २०७६ ११:२२ बुधबार

केपी_शर्मा_ओली जयशंकर नेपाल_भ्रमण इपिजी