राजनीति

प्रधानमन्त्री ओली भन्छन्, 'अझैं २० वर्ष ठीक रहनेछु'

तस्बिरः कुन्दन अर्यालको ट्वीटरबाट

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफुनो स्वास्थ्य बारे गलत प्रचार भइरहेको बताएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार झापा क्षेत्र नम्बर ५ का कार्याकर्तासँग शुक्रबार बिहान भेटघाट गर्दै यस्तो बताएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीलाई उधृत गर्दै अर्यालले लेखेका छन्, 'आज बिहान ११ बजेः झापा क्षेत्र नं ५ का कार्यकर्ताहरुसँग कुराकानीको प्रारम्भमै ताजगी मुद्रामा प्रधानमन्त्रीले भन्नुभयो, 'म सिकिस्तै भएँ भनेर आउनु भयो कि क्या हो? हिजो केही बेर ९९ डिग्री ज्वरो आएको थियो, ठीक भयो।डक्टर भन्छन्, अझै बीस वर्ष ठीक रहने छौ, प्रचार अर्कै ढंगले भइदिन्छ।'

केही दिन अघिमात्रै प्रधानमन्त्री ओली सिंगापुरबाट स्वास्थ्य परीक्षण गरेर फर्किएका थिए। तर फेरि उनको स्वास्थ्यमा समस्या आएको विवरणहरु आएका थिए।

प्रकाशित: ३१ श्रावण २०७६ ०६:५४ शुक्रबार

केपी_शर्मा_ओली स्वास्थ्य कुन्दन_अर्याल