राजनीति

प्रतिनिधिसभा सांसद यादवले दिए राजीनामा

काठमाडौं - समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिएका छन्।  सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले मंगलबार राजीना पत्र बुझाएका हुन्।

 यादवले राजिनामा पत्र बुझाएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले पुष्टि गरे। स्वास्थ्यमा समस्या भएका कारण राजिनामा दिएको पत्रमा उल्लेख छ। यादव सप्तरीमा नाम चलेका डाक्टर हुन्।

यादवको राजीनामा स्वीकृत भए प्रतिनिधीसभामा सप्तरी १ पनि रिक्त हुने छ। सरकारले मंसिर १४ मा उपनिर्वाचनको मिति तोकेको छ।

प्रकाशित: २८ श्रावण २०७६ ०५:३७ मंगलबार

राजीनामा प्रतिनिधिसभा सूर्यनारायण_यादव