राजनीति

सिंहदवार घेराउ गर्ने भन्दै भेला भएका आरक्षण बचाउ आन्दोलनका १४ पक्राउ

काठमाडौं- आरक्षण बचाउ आन्दोलनबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबार घेराउ गर्ने भन्दै भद्रकालीमा भेला भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई भृकुटीमण्डप स्थित नगरप्रहरीमा राखिएको छ।

लोकसेवा आयोगले स्थानीय तहका लागि  गरेको विज्ञापन खारेजीको माग राख्दै उनीहरुले आन्दोलन गर्दै आएका छन्।

आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, दलमर्धन कामी, कुमार लिंदेन लगायतका १४ जना पक्राउ परेका हुन्।

    

 

प्रकाशित: २६ श्रावण २०७६ ०८:३३ आइतबार

सिंहदरवार आरक्षण पक्राउ