राजनीति

सांसदको प्रश्न : संसदको एसी कहिले बन्छ ?

फाइल तस्बिर

काठमाडौं- प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कन्डिसन बिग्रिएको देखि शून्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धीत मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिन सभामुखको ध्यानाकर्ष गराएका छन्।

सांसद सुजता परिवारले प्रतिनिधिसभा बैठक कक्षको एअर कन्डिसन बिग्रिएको तर्फ सभामुखको ध्यानाकर्षण गराउँदै सम्बन्धीत निकायलाई तत्काल निर्देशन गर्न माग गरिन्। उनले भनिन्  “सुनिन्छ एसीमा पानी छैन। पानी सकिएर एसी नचलेको। सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो कि? पानी पेट्रोल भन्दा महंगो भएको हो? तीन तीन दिन सम्म पनि एसी बनाउन नसक्नु सरासर लापरवाही हो। त्यसैले सभामुख मार्फत तत्काल सम्बन्धीत निकायलाई निर्देशन होस भनि अनुरोध गर्न चाहन्छु। ”

प्रकाशित: २३ श्रावण २०७६ १०:३० बिहीबार

संसद एयर_कन्डिसन मर्मत