राजनीति

विप्लव समूहका कार्यकर्ताद्वारा राजीनामा

स्याङजा- नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ताले आज प्रेस विज्ञप्तिमार्फत राजीनामा दिएका छन्। स्याङ्जाको भीरकोट नगरपालिकाका दुई कार्यकर्ताले नगरपालिकाका जनप्रतिनिधिको रोहवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका छन्। 

पार्टी परित्याग गर्नेमा समूहका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासङ्घ जिल्ला संयोजक नगरपालिका–७ का शेरबहादुर राना र १ का मकवुल मियाले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी पार्टीको साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन्। 

आफू क्रियाशील रहेको समूहले हिंसात्मक गतिविधि र एकीकृत जनक्रान्तिको कार्यदिशा नछाडेकाले सो पार्टीमा रही काम गर्न नसक्ने भएकाले आजको मितिबाट कुनै सम्बन्ध नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  रासस

प्रकाशित: २२ श्रावण २०७६ १३:४६ बुधबार

नेत्रविक्रम_चन्द_विप्लव समूह कार्यकर्ता राजीनामा