राजनीति

संसदमा कर्णको प्रश्न : यो सरकार गरिवको हो कि पक्वावालाको ?

काठमाडौं- राजपाका सांसद लक्षमणलाल कर्णले बाढी पीडीतको उचित प्रबन्ध गर्नेगरी कारवाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। संसद बैठकमा बोल्दै उनले बाढी प्रभावितको राहत तथा पुर्नस्थापनाका लागि सदनमा आवाज उठिराखेको भएपनि त्यसको सुनुवाई नभएको मा आक्रोश पोखे।

उनले भने “यो कम्युनिष्टको सरकार गरिबको सरकार हो वा पक्का वालाको सरकार हो? छाप्रो भएको व्यक्तिहरु सबै गरिब हुन्छ। कम्युनिष्ट सरकार रहेछ भने त सबभन्दा पहिले छाप्रोलाई हेर्नुपर्थ्यो। तर आज सम्म घर बन्न सकेको छैन। बाढी आयो भने राती जनताले फोन गर्छ हामी डुबानमा पर्यौ। के गरेर बस्या छौ ? के गर्दिने हाम्ले?

 

 

प्रकाशित: २१ श्रावण २०७६ ०९:०४ मंगलबार

लक्षमणलाल_कर्ण बाढी पीडित सरकार