राजनीति

संसदमा त्रिपाठीको प्रश्न : नागरिकता खारेज गरेर मात्रै हुन्छ, दिनेलाई कारबाही गर्नु पर्दैन ?

काठमाडौं-  नेकपाका सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्दर्भमा उनले नागरिकता दिने लाई पनि कारवाही गर्न माग गरे। 'नागरिकता पाउनेलाई मात्रै कारवाही गर्ने तर नागरिकता दिनेमाथि कारवाही किन भएन?’ भन्दै प्रश्न गरे। उनले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्ने माथि कारवाही भएको सुन्नमा नआएको भन्दै ती अधिकारीलाई कारवाही गरेर सरकारले सदनलाई जानकारी गराउन पर्ने उनको माग थियो। उनले भने “नागरिकता त खारेज गरियो सभामुख महोदय, जसले दिएका छन् तिनमाथि कारवाही भयो कि भएन? कति जनामाथि कारवाही भयो। ती आफै कही बजारबाट किनेका नागरिकता होइन होला। आफैले निर्माण गरेको आफैले हस्ताक्षर गरेको होइन होला। प्रमाणपत्र दिने अधिकारीहरु माथि के के कारवाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रृत हुन्थ्यौ होला। ”

उनले यस बर्ष पनि रासायनिक मलको अभावले कृषि क्षेत्र पुन प्रभावित हुने देखिएको भन्दै बर्षेनी मल अभावको कर्मकाण्डी समस्या समाधान तर्फ सरकारको ध्यानाकर्षण गराए। त्यसैगरी दुई तीन बर्षदेखि उखु किसानहरुले भुक्तानी नपाएको र सरकारले दिएको अनुदान पनि कृषि मन्त्रालयको बनाएको कार्यविधिमा रहेका अड्चनका कारण किसान समक्ष पुग्न नसकेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

उनले भने “कार्यविधि मन्त्रीपरिषद्ले बनायो कृषि मन्त्रालयले त्यसमा थप कलाकारिता गरेको हुनाले त्यो पैसा सम्पूर्ण जान सकेको छैन। ”

सरकारले उखु किसानलाई प्रति किलो ६५ रुपैया २८ पैसा अनुदान दिने घोषणा गरेको थियो। तर कार्यविधिमा रहेको जटिलताका कारण सबै उखु किसानले पाउन सकेका छैनन्। सांसद त्रिपाठीले उखु किसानले उखुको भुक्तानी नपाएको तथा सरकारले प्रदान गरेको अनुदान प्राप्त गर्न नसकेकोको सन्दर्भमा पटक पटक सदनमा आवाज उठाउँदै आएका छन्।

प्रकाशित: २१ श्रावण २०७६ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App