राजनीति

‘भाइरल’ तस्बिरबारे पर्यटनमन्त्रीले के भने ?

फाइल तस्बिर ।

काठमाडाैं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बधाई र शुभकामना दिने क्रममा सार्वजनिक भएका केही तस्बिरलाई लिएर आफूप्रति अन्यथा नबुझिदिन आग्रह गरेका छन्। उनले कार्य व्यस्तताका कारण आजबाट शुभकामना तथा बधाईका लागि समय उपलब्ध गराउन नसक्ने भन्दै आगामी दिनमा सल्लाह र सुझावका लागि सम्पर्क गर्ने पनि बताएका छन्।

मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई र शुभकामना दिने क्रममा सार्वजनिक भएका केही तस्बिरलाई लिएर अन्यथा ढंगले गलत प्रचार गरिएको भन्दै आफूप्रति अन्यथा नबुझिदिन आग्रह गरेका हुन्।

मन्त्री भट्टराईले आमनागरिकको विश्वास र भरोसालाई टुट्न नदिने गरी सबैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा पुग्ने समेत विश्वास दिलाएका छन्।

पर्यटनमन्त्री भट्टराईलाई एक महिलाले बधाई तथा शुभकामना दिने क्रमको एउटा तस्बिर ‘भाइरल’ भएको थियो।

प्रकाशित: २० श्रावण २०७६ ०७:३२ सोमबार

‘भाइरल’ तस्बिर पर्यटनमन्त्री