राजनीति

पूर्वयुवराज्ञी हिमानीले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने

फाइल तस्बिर ।

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति परेकाहरूलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छन्।

हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी पूर्वयुवराज्ञी शाहले बाढी, पहिरो, डुबानपीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको पनि स्पष्ट पारिन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पूर्व औरहीका अग्निपीडित, पश्चिम खारापानीका बाढीपीडित, सुर्खेतका बाढीपीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको स्पष्ट पारिन्।

पूर्वयुवराज्ञी शाहले सो कोषमार्फत् विपत्तिमा परेका बाढीपीडितलाई राहत दिन पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरूको संग्रहित पुस्तक बिक्रीवितरणमा राखिएको पनि जानकारी दिइन्।

हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत भूकम्पपीडितलगायतकालाई पनि राहत वितरण गर्दै आएको छ।

प्रकाशित: १९ श्रावण २०७६ ०९:४६ आइतबार

पूर्वयुवराज्ञी_हिमानी_शाह कोष