राजनीति

मुख्य न्यायाधिवक्तामा थपलिया सिफारिस

मकवानपुर – प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता थपलियालाई सिफारिस गरेका हुन्। मुख्य न्यायाधिवक्तामा बिहीबार सिफारिस भएका उनलाई आइतबार (आज) प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खुवाउने कार्यतालिका छ।

२०७४ फागुन २४ गते नियुक्त मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले कार्य असन्तुष्टि जनाउँदै जेठ २३ गते राजिनामा दिएपछि सो पद रिक्त थियो। मुख्य न्यायाधिवक्ता लागि हेटौंडाका अधिवक्ताहरु ध्रुवप्र्रसाद चौलागाईं र मुकुन्द अधिकारीले निकै कसरत गरेका थिए। तर उनीहरुप्रति मुख्यमन्त्री पौडेल सकारात्मक नभएपछि थपलिया मुख्य न्यायाधिवक्ता बन्ने पक्का भएको हो। मुख्य न्यायाधिवक्ताको दौडमा काठमाडौ, हेटौंडालगायत क्षेत्रका करिब आधा दर्जन कानुन व्यवसायी थिए।

प्रकाशित: १२ श्रावण २०७६ ०२:०४ आइतबार

मुख्य_न्यायाधिवक्ता ओमप्रसाद_थपलिया सिफारिस