राजनीति

विप्लव समूहलाई नियन्त्रणमा लिन सफल भयौंः गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दावी गरेका छन्। गृहमन्त्री थापाले सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको बताए। 

उनले अति राजनीतिकरण गरिएका कारण निर्मल पन्तको हत्यारा पत्ता लगाउन नसकिएको तर्क पनि गरे। मंगलबार मन्त्रालयको एक वर्षको कामको समिक्षा र चालू आर्थिक वर्षको कामको कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो हत्या प्रकरणको छानवीनको कामलाई सरकारले गम्भिरतापूर्वक अघि बढाईरहेको पनि बताए।

अति राजनीतिकरणका लागि सो घटनाको अनुसन्धान प्रभावित भएको गृहमन्त्री थापाको स्पष्टिकरण छ। गृहमन्त्री थापाले बलात्कारका घटनामा नेपाल प्रहरीले ९५ प्रतिशत सफलता हात पारेको तथ्यांक प्रस्तुत गर्दै सो घटना भने अति राजनीतिकरणको शिकार भएको तर्क पनि गरेका छन्।

गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणको छानवीनमा सहयोग गर्न पनि सबै पक्षलाई पुनः आह्वान गरे। उनले भ्रष्टाचारमा संलग्न १८ सय ठेकेदारहरुको फाईल कार्वाहीका लागि अख्तियारमा बुझाइएको पनि जानकारी दिए। विकास, निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई सरकारले कडा कार्वाही गर्ने गृहमन्त्री थापाको भनाई छ।

गृहमन्त्री थापाले सुनसहितको तस्करी नियन्त्रणका लागि सरकारले आवश्यक संयन्त्रको निर्माण गरेको पनि बताए।

प्रकाशित: ७ श्रावण २०७६ ०९:०० मंगलबार

रामबहादुर_थापा विप्लव_समूह निर्मला_हत्या_प्रकरण तस्करी_नियन्त्रण