राजनीति

राजपाको नेतृत्व परिवर्तन

काठमाडाैँ – दुई/दुई महिनामा अध्यक्षमण्डलको संयोजक फेर्ने परम्परा कायम गर्दै राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्वमा राजकिशोर यादव चयन भएका छन् । उनले सोमबारदेखि संयोजकको कार्यभार सम्हालेका छन् । यसअघि अनिल झा अध्यक्षमण्डलको संयोजक थिए । यादवले मण्डलको संयोजकको जिम्मेवारी पाएसँगै अध्यक्षमण्डलको संयोजक हुने मौका ६ वटै अध्यक्षले पाएका छन् । अबको दुई महिनापछि पुनः महन्थ ठाकुर संयोजक हुनेछन् ।

कार्यभार सम्हालेपछि बोल्दै संयोजक यादवले संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान गरे । उनले भने, ‘अहिले हामीले संसद् अवरुद्ध गरिरहेका छौं । कुनै पनि सडक आन्दोलनमा जानुपर्ने हुन्छ । त्यसैलै सडक आन्दोलनमा जान तयार रहन तपाईंहरू तयार रहनु होस् ।’ सर्लाही काण्डमा मारिएका कुमार पौडेललगायतका हत्याको घटनाको विषयमा छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद्मा अवरोध कायमै राख्ने उनले बताए ।

प्रकाशित: ७ श्रावण २०७६ ०१:४८ मंगलबार

राजपा नेतृत्व अध्यक्षमण्डल