राजनीति

विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

जुम्ला- नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित)सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा युवा संगठनका कर्णाली ब्युराे ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन्।

उनीहरूलाई हिमा गाउँपालिकाकाे धाँचुगाउबाट सुतेकै अवस्थामा बिहान चार बजे नियन्त्रणमा लिईएकाे प्रहरी नायब उपरीक्षक डिएसपी सिताराम रिजालले जानकारी दिए। सेक्रेटरी शाही र युवा नेता बिष्ट धाँचु गाउँमा आएकाे जानकारीका अाधारमा जिप्रका जुम्लाबाट खटिएकाे टाेलीले उनीहरूलाई पक्रेकाे हाे। अहिले उनीहरूका बारेमा अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ।

सेक्रेटरी शाही लामाे समय देखि भुमिगत अवस्थामा थिए। युवा अभियान सञ्चालन गर्न उनीहरू गाउतिर झरेका हुन्।

बिर्खबहादुर शाहीका परिवारले भने अपहरण शैलीमा पक्राउ गरेकाे भन्दै दुख ब्यक्त गरेकाे छ। यसअघि जुम्लाका ईन्चार्ज चन्द्रबीर तिरूवा (रविकिरण) लाई सिजा गाउँपालिकाकाे घाेड्याङ्गा गाउँबाट प्रहरीले नियन्त्रणमा लिएर छाडेकाे थियाे।

जुम्लाकाे सिजा क्षेत्रका विप्लवका गतिविधि बढेकाे भन्दै प्रहरीले उच्च निगरानीमा राख्दै आएकाे छ। विप्लव समुहले दुई साता अघि जुम्लाकाे तिलागाउपालिका र चन्दननाथ नगरपालिकामा ताला लगाएकाे थियाे।

प्रकाशित: ६ श्रावण २०७६ ०८:२५ सोमबार

विप्लव_समूह सेक्रेटरी पक्राउ