राजनीति

नेकपाले टुंग्यायो ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्ज

फाइल तस्बिर

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लगाएको छ। 

पार्टी एकता प्रक्रियाअन्तर्गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले ७७ भौगोलिक जिल्ला र ६ वटा महानगरपालिकाको समितिको इन्चार्ज र सह इन्चार्ज टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। जसमा ४५ पूर्व एमाले र ३८ पूर्व माओवादीको भागमा परेकाे छ। 

७७ भूगोल र ६ वटा महानगरका इन्चार्ज र सह–इन्चार्जको नामावली आजै साँझ सार्वजनिक गरिने उनले बताए। उनका अनुसार इन्चार्ज र सह–इन्चार्जको नामावली स्थायी समिति र केन्द्रीय समितिमा पनि पेश गरिने छ।

प्रवक्ता श्रेष्ठले विभागहरु, आयोगहरु, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरण कार्य मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले टुंग्याउने बताए।

नेकपा पार्टी_एकता जिल्ला_इन्चार्ज