राजनीति

धनगढी विस्फोटको जिम्मा विप्लव समूहले लियो

धनगढी– कैलालीको धनगढीस्थित सहिदगेट नजिकै निलम नास्ता पसलमा भएको वम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव समू्हले लिएको छ। बिहिबार साँझ भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।

शुक्रबार दिउँसो विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएको हो। सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट जारी विज्ञप्तिमा भनिएको छ ‘यो घटना हुनुको पछाडी दलालपुँजीवादी संसदीय व्यवस्था भएकाले केपी शर्मा ओली नेतृत्वको सरकारले लिनुपर्छ।’ घाइतेहरुको उपचारको सबै खर्च उक्त समूहले नै व्यहोर्ने जारी विज्ञप्तिमा भनिएको छ। उक्त विस्फोटमा परी ज्यान गुमाएका राम सिंहलाई विप्लव समूहले सहिद घोषणासमेत गरेको छ।

विस्फाेटमा घाइते हुनेहरु होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामसिं, जिन्तेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरला रहेका छन्। उनीहरूकाे माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: ३ श्रावण २०७६ ०७:४० शुक्रबार

वम_विस्फाेट विप्लव_समूह