राजनीति

‘नेपाल–भारत सम्बन्ध घनिष्ठ’

फाइल तस्बिर ।

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको आएका छन्।

वरिष्ठ नेता नेपालले भारत र चीन दुई ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने पनि स्पष्ट पारे। बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको सहकार्यलाई अझै बढावा दिँदै जानुपर्ने बताए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको समृद्धिका लागि भारतसँगको सहकार्यलाई अझै जोड दिइएको बताए। उनले दुई मुलुकबीच पर्यटन र व्यापार क्षेत्रमा उल्लेख्य वृद्धि गर्न नेपालले चाहेको पनि स्पष्ट पारे।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मंजिवसिंह पुरीले नेपालको समृद्धिका लागि भारत सरकार, त्यहाँका व्यापारीहरू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए। उनले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध रहिआएको र त्यसलाई अझै सुदृढ बनाउँदै लैजान भारत सरकार तयार रहेको पनि बताए। राजदूत पुरीले नेपाली जनतालाई विपत्तिमा साथ दिन पनि भारत सरकार सदा तत्पर रहेको उल्लेख गरे।

प्रकाशित: २ श्रावण २०७६ ११:५२ बिहीबार

नेपाल भारत घनिष्ट सम्बन्ध