राजनीति

सरकारको घोषित लक्ष्य पूरा हुने गरी काम गर्न निर्देशन

नयाँ आर्थिक वर्षको एकीकृत कार्ययोजना सार्वजनिक गर्दै सञ्चारमन्त्री। तस्बिरः दिपेश श्रेष्ठ/नागरिक

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिएका छन्।

मन्त्री बास्कोटाले बुधबार मातहतका सबै निकायका कर्मचारीलाई सक्रिय, इमान्दार र गतिशील भएर काम गर्न निर्देशन दिएका हुन्।

आफ्नो मन्त्रालयअन्तर्गतको नयाँ आर्थिक वर्षको एकीकृत कार्ययोजना सार्वजनिक गर्दै उनले एउटा निकायले गल्ती गरे त्यो देशका लागि गम्भीर नोक्सानको रुपमा परिणत हुने र त्यसले प्रतिक्रान्तिको बाटोतर्फ लैजानेप्रति कर्मचारीलाई सचेत गराए।

मन्त्री बास्कोटाले गत आर्थिक वर्षमा आफ्नो मन्त्रालयले गरेको काम सन्तोषजनक रहे पनि सन्तुष्टि हुने खालको नभएको उल्लेख गरे। चालू आर्थिक वर्षका घोषित सबै कार्यलाई पूर्णता दिने गरी काम गर्नुपर्ने पनि उनले स्पष्ट पारे।

मन्त्रालयको घोषित कार्यक्रममा जनताप्रति उत्तरदायी भएर काम भए÷नभएको नियमित अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित: १ श्रावण २०७६ ११:०८ बुधबार

गोकुल_बास्कोटा सरकार लक्ष्य निर्देशन