राजनीति

'मन्त्री हेरफेर प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो'

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले  मन्त्री हेरफेर प्रधानमन्त्रीको नितान्त विषय भएको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुको जिज्ञासामा उनले यस्तो बताएका हुन्।

मन्त्रिमण्डल हेरफेरका बारेमा सोधिएको प्रश्नमा उनले भने, “यो प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो, उहाँले आवश्यक ठाने हेरफेर गर्न सक्नुहुन्छ।” पछिल्लो समय मन्त्री हेरफेरको चर्चा चलेको थियो। त्यस्तै उनले बैठकमा विभिन्न विषयमा छलफल भए पनि त्यस्तो महत्वपूर्ण निर्णय नभएको र भएका निर्णय नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने जानकारी दिए ।

 

प्रकाशित: २४ असार २०७६ ०६:०९ मंगलबार

गोकुलप्रसाद_बाँस्कोटा मन्त्री प्रधानमन्त्री मन्त्रिपरिषद्