राजनीति

सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौं - प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गर्न बसेको सुनुवाइ समितिको बैठक स्थगित भएको छ। चार राजदूतकाे संसदीय सुनुवाइ गर्न सोमबार बिहान बसेको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको हो। बिहानको बैठकले डा. बंशिधर मिश्रको आंशिक सुनुवाई गरेको छ।

अब दिउँसो तीन बजे बस्ने बैठकले पुनः सुनुवाइ गर्नेछ। सरकारले गरेको सिफारिस प्रक्रिया समावेशी नभएको भन्ने उजुरी परेको थियो तर उजुरीकर्ताले छलफलमा आउन अस्वीकार गरेका छन्। सरकारले जेठ २३ गते अस्ट्रेलियाको राजदूतका लागि प्रस्तावित महेश दाहाल, कतारका लागि प्रस्तावित  राजदूत नारद भारद्वाज, स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पा र बङ्गलादेशका लागि प्रस्तावित राजदूत डा. वंशीधर मिश्रकोलाइ सिफारिस गरेकाे थियाे।

 

 

 

प्रकाशित: २३ असार २०७६ ०५:४३ सोमबार

प्रस्तावित_राजदूत सुनुवाइ बैठक