राजनीति

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ सुरु

काठमाडाैँ - प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सुरु भएको छ । असार ४ गते अस्ट्रेलियाको राजदूतका लागि प्रस्तावित महेश दाहाल, कतारका लागि प्रस्तावित  राजदूत नारद भारद्वाज, स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पा र बङ्गलादेशका लागि प्रस्तावित राजदूत डा. वंशीधर मिश्रको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो।  सङ्घीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले  चार वटै देशका राजदुतको संसदीय सुनवाइ सुरु भएको बताए।

उनका अनुसार सरकारले गरेको सिफारिस प्रक्रिया समावेशी नभएको भन्ने उजुरी परेको थियो तर उजुरीकर्ताले छलफलमा आउन अस्वीकार गरेका छन् । सरकारले जेठ २३ गते चार देशका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रकाशित: २३ असार २०७६ ०४:५५ सोमबार

प्रस्तावित_राजदूत संसदीय_सुनुवाइ