राजनीति

नायिका करिश्मा मानन्धर नेकपा प्रवेश गर्ने चर्चा

काठमाडौं - चलचित्र नायिका करिश्मा मानन्धर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश  गर्ने चर्चा चलेकाे छ।  उनले नेकपा पार्टी प्रवेश गर्ने खुलासा केही दिनअघि संचारमाध्यमबाट गरेकी थिइन्।  उनलाई नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भएको स्राेतले बताएकाे छ ।

नयाँ शक्ति पार्टी, नेपालको संस्थापक रहेकी मानन्धरले डा।बाबुराम भट्टराईसँगको तीन वर्ष लामो राजनीतिक सम्बन्ध तोडेर नेकपामा प्रवेश गर्न लागेकी हुन् । बाबुराम समाजवादी पार्टी नेपालको अध्यक्ष छन् । करिश्माको राजनीतिप्रतिका मोह अझै भंग नभएको देखिएको छ ।

प्रकाशित: २० असार २०७६ ०५:२२ शुक्रबार

नायिका करिश्मा_मानन्धर नेपाल_कम्युनिष्ट_पार्टी