राजनीति

प्रधानमन्त्री ओली र दाहालबीच भेट

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीको आन्तरिक विषयमा भएको छलफल भएको थियो।

पार्टीका जिल्ला इन्चार्ज, सह–इन्चार्ज, पार्टीको दस्तावेज, स्थायी समिति सदस्यको नाम र विभिन्न संगठन प्रमुखको कार्यविधिको विषयमा छलफल भएको थियो।

‘बिहान दुई नेताबीच आन्तरिक विषयमा छोटो भेटघाट भयो,’ नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले नागरिकन्युजसँग भने, ‘तर केही ठोस निर्णय भने भएन।’

प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिएकाले धेरै लामो समयसम्म छलफल नभएको र भोलि फेरि बस्ने स्रोतको भनाइ छ।

प्रकाशित: १८ असार २०७६ ०९:१३ बुधबार

ओली नेकपा दाहाल भेट