राजनीति

प्रकाशको योगदान अभूतपूर्वः प्रचण्ड

फाइल तस्बिर ।

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अल्पायुमा नै निधन भए पनि प्रकाश दाहालको योगदान अभूतपूर्व रहेको बताएका छन्।

३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार काठमाडौंमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा प्रकाशका पितासमेत रहेका नेकपा अध्यक्ष दाहालले प्रकाशको योगदानको स्मरण गरे। युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तीतामीठा अनुभवहरू बटुलेकाले छोटो अवधिमा पनि पूर्ण जीवनको अनुभव लिएको उनकाे भनाइ छ ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सगरमाथासँग जोडिएका कथा व्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुका साथै पर्वतारोहणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पात्रहरूलाई सम्मान गर्नका लागि ३८ औं जन्मजयन्ती कार्यक्रम गरिएको बताइन्। उनले श्रीमान प्रकाश दाहालको राजनीतिक योगदान र साहसिक चरित्रको पनि स्मरण गरिन्।

कार्यक्रममा सगरमाथा आरोहणसँग सम्बन्धित व्यक्तित्वहरूलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो। आरोहीहरू छिरिङथुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठलाई सम्मान गरिएको हो।  

प्रकाशित: १७ असार २०७६ १०:११ मंगलबार

पुष्पकमल_दाहाल_‘प्रचण्ड’ प्रकाश योगदान अभूतपूर्व