राजनीति

‘आइफा अवार्डका लागि ४४ करोड दिने सरकारको निर्णय अनुचित’

काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले इन्टरनेशनल इण्डिया फिल्म अवार्ड (आइफा) का लागि ४४ करोड दिने सरकारको निर्णय अनुचित भएको टिप्पणी गरेको छ। 

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा आइतबार जारी विज्ञप्तिमा कार्यक्रमका लागि ४४ करोड दिने र आगन्तुकहरुको सम्पूर्ण खर्च समेत सरकारले नै व्यहोर्ने निर्णय अनुचित र असान्दर्भिक रहेको उल्लेख छ।

यसअघि विभिन्न मुलुकमा भएका यही कार्यक्रमको लागि सरकारी तहबाट कुनै प्रकारको आर्थिक सहयोग नरहेको समेत जानकारीमा आएको भन्दै साझाले निजी संस्थाको कार्यक्रमको लागि बिना औचित्य करोडौं खर्चिने सरकारी निर्णय राज्यकोषको चरम दुरुपयोग भएको ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण उक्त निर्णय फिर्ता लिन र नेपाली चलचित्र क्षेत्रको विकासमा केन्द्रित हुन सरकारलाई साझा पार्टी आग्रह गर्दछ।’ 

प्रकाशित: १५ असार २०७६ ११:५६ आइतबार

साझा_पार्टी आइफा_अवार्ड सरकार