राजनीति

'हली' बन्दै गृहजिल्लाको रोपाइँमा बाबुराम

राष्ट्रिय धान दिवस दिवसकाे अवसरमा गृहजिल्लामा डा. बाबुराम भट्टराई । तस्बिरः भट्टराईकाे फेसबुक

काठमाडौं– समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेर राष्ट्रिय धान दिवस मनाएका छन्। गोरखाको पालुंगटार नगरपालिका–१ स्थित सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुर्ख्यौली थलोमा धान दिवस मनाएका हुन्।

धान रोपाइँमा सरिक भएका उनले कृषिको आधुनिकिकरण र व्यवसायीकरणमा जोड दिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा ‘हो हो तारे हो हो। हो हो माले हो हो’ भन्दै पोष्ट गरेका छन्। उनले पोष्ट गरेको तस्बिरमा हली बनेर दाँदे लगाइरहेको देखिन्छ भने अर्को तस्बिरमा बाउसे गरिरहेको देखिन्छ।

‘पालुंगटार नपा–१ र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुर्ख्यौली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो। कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँः स्वदेशमै रोजगार सिर्जना गरौं१ कृषिमा आत्मनिर्भर बनौं’ उनले ट्वीट गरेका छन्।

डा.बाबुराम_भट्टराई राष्ट्रिय_धान_दिवस