राजनीति

नेपाली मिडियाका निम्ति साम्यवाद आयो : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले क्लीन फिड नीति लागु गरेरै छाड्ने स्पष्ट पारेका छन्। उनले क्लीन फिड नीतिले नेपाली मिडिया उद्योगमा समृद्धि आउने दाबी गरे। 

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले क्लीन फिडले आर्थिक रुपमा मात्रै नभई नेपाली मौलिक संस्कृतिलाई पनि फाइदा पुग्ने र प्रतिस्पर्धी क्षमतालाई अघि बढाउने जिकिर गरे।

‘मुख्यतया नेपाली सञ्चार उद्योगको क्षेत्रमा समृद्धिको कुरा हो’, उनले भने, ‘जब मिडिया समृद्ध हुन्छ, त्यसपछि सम्पादकीय स्वतन्त्रता पनि समृद्ध हुन्छ। सरकारले ल्याएको सबै खराब भन्ने गलत प्रभाव पर्यो। त्यस्तो होइन।’

उनले विज्ञापन सम्बन्धी विधेयक संसदमा रहेको र पारित हुने स्पष्ट पारे। ‘यो विधेयक मिडियालाई कानुनी सुरक्षा हो। मैले संसदमा पनि भनेको छु। मन परोस नपरोस नेपाली मिडियाका निम्ति साम्यवाद आयो आयो’, उनले भने।  

मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद पुनर्गठन हुने कुरा प्रधानमन्त्रीमा निहित रहेको बताए। ‘मन्त्रिपरिषद पुनर्गठन हुने कुरा एउटा मन्त्रीलाई कसरी थाहा हुन्छ?’ उनले प्रश्न गरे। 

प्रकाशित: १२ असार २०७६ १२:०९ बिहीबार

क्लीन_फिड_नीति गोकुल_बाँस्कोटा नेपाली_मिडिया साम्यवाद