राजनीति

लाेकसेवाकाे विज्ञापन विवादमा आज पनि सुनुवाई हुन सकेन

काठमाडाैं– लाेकसेवा आयोगको विज्ञापन विवादमा आज पनि आदेश हुन सकेन। न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमाेहन भट्टराईकाे इजलासले लाेक सेवाकाे विज्ञापन सम्वन्धी रिटमा संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ। आजको पेशी समितिलाई सूचना नपुगेको भन्दै स्थगित भएको हो। साथै अदालतले आइतबार सबै पक्षलाई उपस्थित हुने पनि आदेश दिएकाे छ।

लोकसेवाको विज्ञापन रोक्न र करारमा कर्मचारी भर्ना समितिले दिएको निर्देशनका विरुद्धमा अधिवक्ता राजाराम घिमिरेले राज्य व्यवस्था समितिलाई विपक्षी बनाई रीट दायर गरेका थिए।

प्रकाशित: ११ असार २०७६ ०८:२२ बुधबार

लाेक_सेवा आदेश