राजनीति

बैठकमै प्रमुख र अधिकृतमाथि प्रहार

रामेछाप – मन्थली नगरपालिकामा सोमबार अपरान्ह बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूबाट नगरपालिका प्रमुख रमेश बस्नेत र प्रमुख प्रशासकीय अधिकृत टेककुमारमाथि आक्रमण भएको छ।

योजनाका विषयमा छलफल चलिरहेको अवस्थामा नगरप्रमुख र अधिकृतले विधिसम्मत योजना पास हुने र तिनीहरूको काम अघि बढ्ने बताएपछि बैठकका २/३ जना सदस्यले विधिविधानविपरीतका योजना पास हुनुपर्ने र बजेट पाउनुपर्ने कुरामा आवाज उठाउँदै बैठकको अग्रभागमा बसेका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि बैठक कक्षमा उपलब्ध पानीका बोतल, प्लेटलगायत सामग्रीले प्रहार गरेका थिए। प्रहारबाट नगरप्रमुख रमेश बस्नेतको टाउकामा चोट लागेको छ।
कार्यपालिकाका अन्य सदस्यले रोक्ने प्रयास गरेको मन्थली नगरपालिकाका कर्मचारी राजन गुरागाईंले जानकारी दिए।

बैठकमा छलफल चलिरहँदा अलि उत्तेजित अभिव्यक्ति दिँदै अपशब्द बोल्दै पालिका सदस्य उद्धव रम्तेल, वडा नं ५ का वडाध्यक्ष रामबहादुर कार्की र वडा नं १२ का वडाध्यक्ष कृष्णहरि अधिकारीले आपूmहरूमाथि मुख छाड्दै विभिन्न सामग्री प्रहार गरेको नगरप्रमुख बस्नेत बताए। घटनालगत्तै सोमबार साँझ नगरपालिकाले पत्रकार सम्मेलन गरी अप्रिय घटनाप्रति निन्दा गर्दै खेद प्रकट गरेको छ।

प्रकाशित: ४ असार २०७६ ०२:२२ बुधबार

आक्रमण विधानविपरीत