राजनीति

गुठी जग्गामा मोहियानी हक पाउनुपर्छः विजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गुठी विधेयकमा गुठी जग्गामा मोहियानी हक पाउनुपर्ने बताएका छन् । उनले मोही किसानले नै पाउनुपर्ने आवश्यकता पनि औंल्याए।

विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ख्वप मावि र ख्वप कलेजको संयुक्त आयोजनामा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा शुक्रबारदेखि भक्तपुरमा सुरु भएको दुईदिने राष्टिय सम्मेलनको उदघाटन गर्दै उनले जग्गा–जमिनहरु सामन्तवादी समाजको महवपूर्ण आम्दानीको स्रोत हुने बताए। उनले  सामन्तवाद जमिनको आम्दानीबाट चल्ने समाज भएको स्पष्ट पार्दै उनले जग्गाबाट उठेका कर जनताकै लागि खर्च हुनुपर्नेमा जोड दिए।

उनले गुठी जग्गा र घरहरू स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने बताए। आर्थिक समृद्धिको नाराले मात्र देश विकास नहुने बताउँदै उनले साँचो अर्थमा देशलाई समृद्धिको यात्रामा डाेहाे-याउन आर्थिक गतिविधिहरूमा जोड दिनुपर्ने बताए।

प्रकाशित: ३१ जेष्ठ २०७६ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App