राजनीति

विप्लवका जुम्ला इन्चार्ज पक्राउ

जुम्ला - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्लाका इन्चार्ज चन्द्रबिर तिरूवा (रबिकिरण)लाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जुम्ला सिजा गाउँपालिकाबाट तिरुवालाई नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले पक्राउ गरेर राति नै जिप्रका जुम्लामा  ल्याइसकेको प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए। यसअघि इन्चार्ज तिरूवा काठमाडौं सुन्धारा स्थित एक होटलबाट पक्राउ परेका थिए।

प्रकाशित: ३० जेष्ठ २०७६ ०४:५५ बिहीबार

विप्लव नेत्र_विक्रम_चन्द पक्राउ