राजनीति

गुठी आन्दोलन चर्किएपछि बोल्यो सरकार, विधेयक परिमार्जन गर्ने संकेत

फाइल तस्बिर

काठमाडौं– गुठी विधेयकविरुद्ध आन्दोलन चर्किएपछि सरकारले परिमार्जनको संकेत गरेको छ। 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न अघि सारिएको विधेयकमा देखिएका चासो र चिन्ताप्रति ध्यानाकर्षण जनाउँदै विभिन्न पक्षबाट आएका राय, सल्लाह, सुझावलाई समेटेर अघि बढ्ने स्पष्ट पारेको छ। 

सरकारले संस्कृति र सम्पदा मास्नेगरी भूमाफियाको पक्षमा गुठी विधेयक ल्याएको भन्दै काठमाडौं उपत्यकामा आन्दोलन चर्किदै गएको छ। नेवा अभियानको नेतृत्वमा दिनप्रतिदिन प्रदर्शन, जुलुस, कोणसभा हुँदै आएका छन्। 

गुठी_विधेयक सरकार आन्दोलन परिमार्जन