राजनीति

अहिले जस्तो नाङ्गो ब्रह्मलुट कहिल्यै भएको थिएनः राप्रपा अध्यक्ष थापा

गोरखा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिले जस्तो ब्रह्मलुट देशमा कहिल्यै नभएको बताएका छन्। मुक्तिनाथबाट सुरु भएको राष्ट्रिय स्वभिमान यात्राको सोमवार गोरखामा समापन गर्दै उनले भने, ‘अहिले देशमा भएकोजस्तो नाङ्गो ब्रह्मलुट इतिहासमा कहिल्यै भएको थिएन, बिडम्बना भ्रष्टाचार हुन्छ तर कारबाही हुँदैन।’

भष्टाचार छानबिन गर्ने निकाय अड्डा अदालत, प्रहरीमा सरकारले पार्टी निकट मान्छे भर्ति गरेर राखेकाले कारबाही नभएको टिप्पणी गरे। ‘अनुसन्धान सुरु हुन खोज्छ ठूला नेताको नाम जोडिन्छ अनि अनुसन्धान रोकिन्छ’ अध्यक्ष थापाले सरकार र प्रमुख प्रतिपक्ष दलबिच भ्रष्टाचारमा मिलेमतो भएको आरोप लगाए। एनसेलको कर छली, बिमान खरिद, सुन काण्ड, बालुवाटारको जग्गा लगायतका विषयमा ठुला मान्छे मुछिएकै कारण अनुन्धान प्रभावित भएको उनले बताए। अनुसन्धानका सबै नियकामा सरकारले आफू निकटका मानिस राख्दा ठुलाठुला भष्ट्राचारको काण्ड यसै भन्दै चर्को आलोचना  गरे।

अर्थमन्त्रीले ल्याएको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘चार लाख भन्दाबढी बिदेश गएकाहरुलाई फर्काउने त परको कुरा देशभित्र भएका ५० हजार युवालाई रोजगारी दिने कार्यक्रम पनि अर्थमन्त्रीले ल्याउन सकेनन।’ २०६२/६३ को आन्दोलनपछि देशमा ठुलो परिर्वतनको आशा गरेका जनताले केही पनि नपाएको बताउँदै उनले सोच बिचार गर्न अनुरोध गरे। गरिबी, बेरोजगारी, सनातन धर्मामाथिको आक्रमण, भष्ट्राचार मौलाउँदै गएको प्रति चिन्ता ब्यक्त गरे। सतहमा समान्य बिकास देखिएपनि देश अहिले संकट नै संकटको भुमरिमा फसेको राप्रपा अध्यक्ष थापाको गुनासो थियो।

जिल्ला अध्यक्ष संकरराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका बरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङ, केन्द्रिय नेताहरु शुसिलकुमार श्रेष्ठ, कुन्ती शाही, मोहन श्रेष्ठ लगायतले धारणा राखेका थिए। मुक्तिनाथ, तातोपानी, कालिगण्डकीबाट ल्याएको जल गोरखनाथ र गोरखकालीराई चढाएर २४ गतेबाट सुरु भएको यात्राको सोमवार समापन गरिएको राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले बताए। गोरखा सदरमुकामको बसपार्कमा आयोजित सभा अघि सदरमुकाममा बजागाजा सहित कलशयात्रा गरिएको थियो। दोस्रो चरणको सम्मेलन धार्मिक सद्भाव कायम गर्दै देशलाई शान्तिको दिशामा लैजानका लागि भएको राप्रपाका प्रदेश सदस्य सुदिप ढकालले बताए।

प्रकाशित: २७ जेष्ठ २०७६ १६:१२ सोमबार

राप्रपा कमल_थापा राष्ट्रिय_स्वभिमान_यात्रा गोरखा