राजनीति

गुठी विधेयकको विरोध गर्नेमाथि पानीको फोहरा (फोटो/ भिडियो)

काठमाडौं- प्रस्तावित गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। गुठी सम्वन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेय सरकारले संसदमा दर्ता गराएको छ।

प्रदर्शनकारीहरुले उक्त विधेयक फिर्ता गरेर सांस्कृतिक धरोहरको संरक्षण गर्न माग गरेका छन्। प्रदर्शनकारीहरुलाई प्रहरीले पानीको फोहोरा तथा लाठिचार्ज समेत गरेको छ। सरोकारवालाहरु सँग छलफलनै नगरि विधेयक ल्याइएको भन्दै विरोध हुँदै आएको छ।

तस्बिर : दिपेश श्रेष्ठ

 

प्रकाशित: २६ जेष्ठ २०७६ ०७:४२ आइतबार

गुठी गुठी_विधेयक प्रदर्शन दमन