राजनीति

छाया अर्थमन्त्रीको प्रश्नः भ्रष्टाचार नियन्त्रण खोई, ५ लाखलाई रोजगारीको कार्यक्रम खोई?

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।

नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको पनि बताए। शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोजगारीको अवसर सृजना गर्न पनि सरकार गम्भीर नभएको दावी गरे।

आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको नेता रिजालको दावी छ। छाया सरकारका अर्थमन्त्री समेत रहेका उनले एक वर्षभित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको? भनि सरकारलाई प्रश्न पनि गरे।

नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देश भित्रै अवसर सृजना हुने गरी कुनै पनि कार्यक्रम बजेटमा ल्याउन नसकेको स्मरण गराए।

प्रकाशित: २४ जेष्ठ २०७६ ०८:०९ शुक्रबार

नेपाली_काँग्रेस मीनेन्द्र_रिजाल सरकार भ्रष्टाचार_नियन्त्रण