राजनीति

पक्राउ परेका 'राधे' तरुण दलका जिल्ला उपाध्यक्ष

काठमाडौं - प्रहरीको ' मोस्ट वानटेड' सूचीमा रहेका गुन्डा नाइकेको रूपमा परिचित 'राधे' भनिने राधाकृष्ण भण्डारी पक्राउ परेका छन्। बुधबार साँझ राधेलाई धादिङ प्रहरीले बेनिघाट रोराङ गाउँपालिकाबाट पक्राउ गरेको हो। प्रहरीलाई देखेपछि राधेको समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो। ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धदिङले जनाएको छ।

गुण्डागर्दीमा संलग्न राधे नेपाली काँग्रेस निकट तरुण दलका वर्तमान जिल्ला उपाध्यक्ष रहेको खुलेको छ। 'राधे' तरुण दल जिल्ला उपाध्यक्ष रहेको नेपाली कांग्रेसका एक नेताले पुष्टि गरे। धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।

 

 

प्रकाशित: २३ जेष्ठ २०७६ ०५:५९ बिहीबार

मोस्ट_वानटेड राधे राधाकृष्ण_भण्डारी पक्राउ