राजनीति

इदले एकताको सन्देश दिएको छः देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रले एकताको सन्देश दिएको बताएका छन्। इदले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने देउवाको विश्वास छ।

ईदका अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै र मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएको उल्लेख गरेका छन्। 

लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा इस्लाम धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइको महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्दै देउवाले लोकतन्त्रको रक्षार्थ अझ बढी जिम्मेवार रहने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २२ जेष्ठ २०७६ ०९:५४ बुधबार

नेपाली_कांग्रेस शेरबहादुर_देउवा मुस्लिम_धर्मावलम्बी ईद_उल_फित्र