राजनीति

'सांसद भएर खुसी हुँ कि नागरिक भएर दु:खी?'

काठमाडौं-  नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सरकारको लक्ष्य अनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गरे। बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्ने मा नै अन्योल देखिएको उनको तर्क थियो।

बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष्य फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निरासाजनक भएको टिप्पणी थापाले गरे। बहुमतको सरकारले मुलुकको आर्थिक विकासका लागि निरन्तरतामा क्रम भंग गरि रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गरे। उनले सम्मुन्त अर्थतन्त्रका लागि पर्यटन, राजश्व परिचालन लगायत क्षेत्रमा प्रभावकारी सुधार आउन नसकेको बताए। उनले बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरे खुसी हुँ कि दु:खी हुँ भनी प्रश्न गरे। 

उनले भने “म जस्तो एउटा व्यक्ति सांसद भएर खुसी हुँ कि नागरिक भएर दु:खी हुँ ? खुसी हुँ कि दु:खी हुँ । म अलमलमा परेको छु। ”

प्रकाशित: २१ जेष्ठ २०७६ ११:०३ मंगलबार

गगन_थापा बजेट छलफल सांसद