राजनीति

मुख्यमन्त्री पोखरेलले चीन भ्रमण गर्ने

रुपन्देही– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो असारमा चीन भ्रमण गर्ने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लागेका हुन्। असार २५ गतेदेखि साउन १ गतेसम्म भ्रमण हुने छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको भ्रमण स्वीकृत गरि संघीय सरकारलाई जानकारी गराउने निर्णय गरेको छ। 

चीनसँग प्रदेश सरकारको सम्बन्ध दिगो बनाउन फलदायी हुने सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए। मुख्यमन्त्री पोखरेलले चीन भ्रमणका क्रममा गरिबी निवारण तथा विकास सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छन्। नेपाल र चीनका सहरहरुबीच भगिनी सम्बन्ध स्थापित गर्न समेत सहयोग पुग्ने प्रवक्ता चौधरीले बताए। 

प्रकाशित: २० जेष्ठ २०७६ १६:२६ सोमबार

प्रदेश_नम्बर_५ शंकर_पोखरेल मुख्यमन्त्री चीन_भ्रमण