राजनीति

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने हाम्रो नीति छैन, सोलु घटना सरकारी षडयन्त्र हो : विप्लव समूह

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको नीति नभएको प्रस्ट पारेको छ। 

सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको समाचार बाहिरिएपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार अपराह्न विज्ञप्ति जारी गरेर सोलु घटना सरकारी षडयन्त्र भएको उल्लेख गरेका छन्।  

‘आइतबार सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षडयन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको स्पष्ट पार्न चाहन्छौं। पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्र अनुरुप त्यसप्रकारको त्यो समाचारमा ल्याइएको हो।’

वर्तमान सरकारले आफ्नो पार्टीमाथि दमनको अनेक षडयन्त्र र हत्या गरिरहेको विप्लव समूहको आरोप छ।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App