राजनीति

सरकारी जग्गा फिर्ता गर्ने अभियानमा छौः मन्त्री अर्याल

पाँचथर - भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले व्यक्तिका नाममा गरिएका सरकारी  जग्गा फिर्ता गराउने अभियानमा सरकार लागेको दाबी गरेकी छन्। सदरमुकाम फिदिममा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो दाबी गरेकी हुन।

‘अनेकन प्रलोभन देखाएर सरकारी  जग्गा हत्याउने काम भएको छ। ति जग्गा फिर्ता गराउने अभियानमा  सरकार लागेको छ’ उनले भनिन्, यो फिर्ता गराउछौँ। यसका लागि शक्तिशाली आयोग बनाएर सरकार अघि बढेको छ। बालुवाटारका जग्गाको बारे  तीन ठाँउबाट छानविन भइरहेको छ।’

बालुटारको जग्गा व्याक्तिको नाममा पास भएको   विषयलाई मन्त्रालय, अख्तियार र  गृहमन्त्रालय मार्फत अनुसन्धान भईरहेको उनको भनाई थियो। ‘तीनवटै ठाँउबाट तदारुम्ताका साथ अनुसन्धान अघि बढेको छ, छिट्टै रिजल्ट आउछ’ उनले भनिन्।
 

प्रकाशित: २० जेष्ठ २०७६ ०४:४० सोमबार

पद्मा_अर्याल सरकारी_जग्गा शक्तिशाली_आयोग ललिता_निवास