राजनीति

न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडाैं- न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

न्याय परिषद्को यही जेठ १४ बसेको बैठकले न्यायाधीश उपाध्यायविरुद्ध परिषद्ले मुद्दा दायर गर्ने निर्णय गरेको थियो। सोहीअनुसार उgको शैक्षिक प्रमाणपत्र विवाद आएपछि आइतबार मुद्दा दायर गरिएको हो।

तनहुँ जिल्ला अदालतका कार्यरत रहँदा शैक्षिक प्रमाणपत्र विवाद आएपछि परिषद्मा काजमा तानिएका थिए।

प्रकाशित: १९ जेष्ठ २०७६ १४:०७ आइतबार

न्यायाधीश_उपाध्याय भ्रष्टाचार मुद्दा न्याय_परिषद्