राजनीति

सरकार अल्झियो : थापा

सोलुखुम्बु – नेपाली कांग्रेसका नेता गगन थापाले सरकार महŒवाकांक्षी योजनामा अल्झेको बताए। कांग्रेस सोलुखुम्बुले महाकुलुङ गाउँपालिकामा आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै सांसदसमेत रहेका थापाले सरकारले जनताको आधारभूत आवश्यकताभन्दा रेल र पानीजहाजको महŒवाकांक्षी योजना अघि सारेर अल्झने काम गरेको आरोप लगाए।

नेता थापाले संघीय, प्रदेश र स्थानीय सरकारका गतिविधिमा कांग्रेसका नेता तथा कार्यकर्ताले प्रमुख प्रतिपक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए। गलत कामको खबरदारी आवश्यक भएकाले कांग्रेसले उक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले नेकपा सरकारको गलत कामको भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह गरे।
नेता प्रकाशसिंह कार्कीले कांग्रेसले मात्र मुलुकलाई समृद्धि दिलाउन सक्ने दाबी गरे। जागरण कार्यक्रममा महाकुलुङ गाउँपालिकाअन्तर्गतका बुङ, छेस्काम र गुदेलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

प्रकाशित: १९ जेष्ठ २०७६ ०१:३२ आइतबार

नेपाली_कांग्रेस गगन_थापा जागरण_अभियान