राजनीति

पहिचानका लागि हिन्दु राज्यको माग

धादिङ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको पहिचाहनका लागि हिन्दु राष्ट्रय हुनुपर्ने बताएका छन् । उत्तरी धादिङको खनायबास–१ च्यामथलीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्दै तामाङले नेपाल हिन्दु राष्ट्र भए पनि सबै धर्म स्वतन्त्र हुने स्पष्ट पारेका हुन्।

‘नेपालको पहिचाहनका लागि हिन्दु राष्ट्र आवश्यक छ,’ तामाङले भने, ‘त्यसको मतलब एउटै धर्म हुनुपर्छ भन्ने होइन सबै धर्म स्वतन्त्र हुन्छन् ।’ हिन्दु राष्ट्र हुँदैमा एउटा मात्र धर्म मान्नुपर्छ भन्ने गलत हल्ला फैलाउने प्रयास भएको भन्दै उनले भने, ‘त्यो सत्य होइन । हिजो पनि सबै धर्म मान्न सबै नागरिक स्वतन्त्र थिए । भोलि हिन्दु राज्य भए पनि हुनेछ ।’ धर्म आफूखुसी मान्न पाउनुपर्ने भन्दै उनले थपे, ‘जबर्जस्ती धर्म परिवर्तन गर्नु गलत हो ।’

प्रकाशित: १९ जेष्ठ २०७६ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App